पोखरा महोत्सव:आइतबारदेखि विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता हुने
पाेखरा | माघ २, २०८२
पोखरा: पोखराको अमरसिंहमा जारी १४ औं पोखरा महोत्सवमा माघ ४ गतेदेखि विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता हुने भएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा हुने उक्त प्रतियोगिता अन्तर्गत प्रतियोगिताको पहिलो दिन पोखरा स्पाइरल, सिद्ध मावि र ज्ञान गंगाबीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी माघ ५ गते सेन्ट मेरिज, अञ्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदन बीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी माघ ६ गते डायमण्ड सेकेण्डरी स्कुल, सूर्योदय स्कुल र ज्ञानुबाबा स्कुल बीच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।
त्यसैगरी माघ ७ गते कास्की मोडनाइज्ड, सोसल पब्लिक स्कुल, अमरसिंह मावि (ई) र डियरवक स्कुल बीच प्रतिस्पर्धा हुने छ । माघ ८ गते अमरसिंह मावि (नेपाली) कालिका मावि, शाइनिङ स्टार स्कुल र अक्सफोर्ड एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी १७ समुहबाट उत्कृष्ट ५ विद्यालय फाइनलमा प्रवेश गर्ने र फाइनलको नतिजा माघ ९ गते प्रकाशित गरिने प्रतियोगिताका सह संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।
फाइनलमा प्रवेश गर्ने प्रतिस्पर्धीहरु बीच माघ १० गते फाइनल प्रतिस्पर्धासंगै सोही दिन पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्तवना स्थान हाँसिल गर्ने दुई समुहले क्रमश नगद ५०, ३५, २५, १५ हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन ।
चौथो दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकहरुको उपस्थिति दिन प्रतिदिन बढीरहेकोे महोत्सवका सचिवालय संयोजक शान्त बहादुर थापाले जानकारी दिए । महोत्सवमा दर्शकको उपस्थितिसँगै महोत्सव स्थलमा राखिएको स्टलहरुमा समेत ब्यापार बढीरहेको महोत्सवका अर्थ तथा सटल ब्यवस्थापन संयोजक जयराम आचार्यले जानकारी दिए । आचार्यका अनुसार महोत्सवमा लत्ताकपडा तथा घरायसी सामाग्रीको ब्यापार बढ्दो रहेको छ ।
महोत्सवमा शुक्रबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । पंगेनीसंगै कलाकारहरु चोलेन्द्र पौडेल, कृष्ण सुवेदी, परशुराम अधिकारी, कमला सुनार, नबिना सुवेदी अर्चना चापागाईको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने हाँस्य ब्यंग्य तर्फ पोखरेली माग्नेबुढा र धुर्मुसको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।
साँझको लाइभ कन्सर्टमा पोखरेली ब्याण्ड डी मर्चाको प्रस्तुती रहेको थियो । महोत्सवको पाँचौ दिन माघ ३ गते शनिवार प्रकाश सपुतको प्रस्तुती रहनेछभने साँझको लाइभ कन्सर्ट तर्फ अनुप्रस्थाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

